काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारमा अछाम गएका चलचित्र पत्रकार दिनेश सिटौलाकोको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अहिले उनलाई टोखास्थित ग्रयाण्डी अस्पतालमा राखिएको छ ।

नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला (चलचित्र पत्रकार समेत रहेका) बुधवार बिहान एक्कासि बेहोस भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।
अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले हेर्दा हृदयाघात जस्तो देखिएको र उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको मकालुखबर लाई जानकारी दिएका थिए ।
सिटौलाकोको स्वास्थ्य अवस्था बारे थाहा पाएपछि बालेन शाह कर्णाली प्रदेशको यात्रालाई सुर्खेतबाट छोट्याएर शनिवार काठमाडौँ आइपुगेका छन् ।
अस्पतालमा भर्ना गरिएका सञ्चारकर्मी दिनेश सिटौलाको परिवारलाई उनले दिउँसो १२ बजे भेट गरे ।





