तनहुँ । तनहुँको भानु नगरपालिकाले वैशाख १३ गतेदेखि साप्ताहिक हाट बजार सञ्चालन गर्ने भएको छ ।
कृषक तथा उपभोक्तालाई लक्षित गर्दै हाटबजारको सञ्चालन गर्ने भएको हो ।

हाटबजारमा स्थानीय उत्पादन र उपभोगबिचको सशक्त सेतु बन्ने विश्वास नगरपालिकाले लिएको छ ।
नगरपालिकाले आवश्यकताअनुसार निश्चित अन्तरालमा हाटबजारलाई निरन्तरता दिने योजना बनाएको छ । यसले गर्दा कृषि उत्पादनको बजारीकरण, मूल्य स्थिरता तथा उपभोक्तालाई सहज पहुँचमा गुणस्तरीय सामग्री उपलब्ध गराउने नगरपालिकाले लक्ष्य राखेको छ ।
सम्पूर्ण किसान, उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई हाटबजारको भरपुर उपयोग गर्न, यसलाई थप व्यवस्थित बनाउँदै दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक सहयोग र सहकार्य गर्न नगरपालिकाले अनुरोध गरेको छ ।





