अछाम । अछामको रामारोशन गाउँपालिकाले माध्यामिक विद्यालयमा अतिरिक्त गणित पढाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।
गणितलाई असाध्यै जटिल विषय हो र यसलाई जोकोहीले बुझ्न सक्दैनन् भन्ने भाष्य स्थापित भएको भन्दै गाउँपालिकाले अतिरिक्त गणित पढाउने व्यवस्था गर्न आग्रह गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले गणित बाल सुलभ खेल रहेको र यसको उपयुक्त प्रशिक्षक भएमा यसलाई जोकोहीले पनि सिक्न सक्ने बताएका छन् ।
उनले गणित विषयमा भएको गलत भाष्यको कारण बालबालिकाको मस्किकमा भएको गलत अवधारणा हटाउन सही परामर्श आवश्यक रहेको अधिकृत भण्डारी बताउँछन् ।