अछाम । अछामको रामारोशन गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर मार्फत ६ सय २३ जनाको उपचार गरिएको छ ।
रामारोशन गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय २३ जनाले उपचार पाएका हुन् ।

रामारोशन स्वाथ्यचौकीबाट २ सय ७, भाटाकाटीयाबाट २ सय ४८ र बाटुलासेनबाट १ सय ६९ गरी ६ सय २३ जनाको निःशुल्क उपचार गरिएको हो ।