एजेन्सी । इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग ९आइपिएल० को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्।
बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्।

विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् ।
भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण आइपिएलको खेल तालिका फेरबदल गरिएपछि जसले अन्तिम चरणहरू इंग्ल्याण्डको सिरिजसँग जुधेको छ।
आइपिएल शनिबार पुनः सुरु हुँदैछ। प्लेअफ खेलहरू २९ मेबाट सुरु हुनेछन् र फाइनल खेल ३ जुनमा हुनेछ।
विकेटकिपर बटलर समूह चरणको अन्तिम खेलहरूका लागि भारत जानेछन् । त्यसपछि २९ मेमा हुने पहिलो एकदिवसीय खेलका लागि इंग्ल्याण्ड फर्कनेछन्।
जेकब बेटेल रोयल च्यालेन्जर्स बैंगलुरु र विल ज्याक्स मुम्बई इन्डियन्सका आइपिएलबाट लागि खेलिरहेका छन् । उनीहरुको तालिका पनि बटलरकै जस्तै हुने अपेक्षा गरिएको छ।
जोफ्रा आर्चर र जेमी ओभरटन इंग्ल्याण्डको एकदिवसीय टोलीमा परेका अन्य २ आइपिएल खेलाडी हुन् ।उनीहरुका फ्रेन्चाइजहरू प्लेअफका लागि छनोट हुन नसक्ने भएकाले भारत फर्कने सम्भावना कम छ।
इंग्ल्याण्डले वेस्ट इन्डिजसँग तीन एकदिवसीय सिरिज र त्यसपछि तीन खेलको टि ट्वान्टी सिरिज खेल्नेछ । ६ जुनमा सिरिज सुरु हुनेछ।
आइपिएलको शीर्ष स्थानमा रहेको गुजरातले प्लेअफमा पुग्नका लागि बाँकी ३ खेलमध्ये केवल एक जित आवश्यक छ।
श्रीलंकाका ब्याट्सम्यान कुसल मेंडिसलाई बटलरको विकल्पका रुपमा टाइटन्सले अनुबन्ध गर्ने सम्भावना देखिएको छ। टाइटन्सको अन्तिम समूह चरणको खेल २५ मेमा हुनेछ।
दोस्रो स्थानमा रहेको आरसिबी पनि प्लेअफमा स्थान सुरक्षित गर्न बाँकी ३ मध्ये १ खेल जित्नुपर्नेछ।
इंग्ल्याण्डका अलराउन्डर लियम लिभिङस्टोन र विकेटकिपर फिल साल्ट पनि आइपिएल पुनः सुरु भएसँगै आरसिबीमा फर्किएका छन्।
लिभिङस्टोनलाई इंग्ल्याण्डको टोलीबाट निकालिएको छ । साल्ट केवल टि ट्वान्टी टोलीमा छन्। यो एकदिवसीय सिरिज बटलरको स्थानमा ह्यारी ब्रुक इंग्ल्याण्डको कप्तान बनेपछिको पहिलो सिरिज हुनेछ।