काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ लाई दर्शकहरुले रुचाएका छन् ।
शनिवार साँझ चलचित्र हेरेर निस्किएका दर्शक र कलाकारहरुले चलचित्रको बारेमा आफ्ना धारणा राखेका थिए । चलचित्रमा कसरी जिन्दगी जिउने भन्नेकुरालाई सिकाइएको छ ।

सिनेमामा त्यही नै सिनेमाको सबैभन्दा राम्रो पक्ष रहेको भन्दै दर्शकले तारिफ गरिरहेका छन् । दर्शकहरुसँग चलचित्र हेरेसँगै सिने पत्रकारहरुसँग कुराकानी गर्दै कलाकारहरुले चलचित्रमा देखाइएको कथावस्तु कुनै न कुनै हिसावले आफ्नो जीवनसँग मेल खाने बताए ।
अभिनेत्री केकी अधिकारीले सबैको जीवनमा मेल खानेगरी नै चलचित्रको कथावस्तु निर्माण गरिएको बताइन् । सबैले आफूलाई कुनै न कुनै कथा र पात्रसँग सम्बन्धित पाउने उनको भनाइ छ ।
त्यस्तै अभिनेता खगेन्द्र लामिछानेले आफूहरुले पात्रको अभिनय गरेको र काम गर्दा सँगै पहिलादेखि काम गरेको जस्तो महशुस भएको बताए । चलचित्र आफ्नै जीवनको कथावस्तु बोकेको चलचित्र जस्तो रहेको बताए ।
चलचित्रको प्रिमियरमा १ सय ८० सर्वसाधारणलाई पास दिएर निर्माणपक्षले चलचित्र हेराएको थियो । यसरी सिनेमा हेर्ने दर्शकले चलचित्रको तारिफ गरेका थिए । मल्टी स्टार रहेको सिनेमा ‘के घर के डेरा ः घर नं २’ आजबाट प्रदर्शनमा आएको छ ।
दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र उच्च शो र अपेक्षासहित आजबाट हलमा आएको हो । ‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, उपासना सिंह ठकुरी, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकार लगायतको अभिनय छ ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रश्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ ।
‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।