काठमाडौं । काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘लस्ट एन्ड फाउन्ड’ प्रदर्शन भइरहेको छ ।
जेठ ३ गते देखि १७ गतेसम्म प्रदर्शन गरिने नाटक मंगलवारबाहेक अन्य दिन साँझ ५ः१५ बाट र शनिवार दिउसो १ बजे सुरु हुनेछ ।

‘लस्ट एन्ड फाउन्ड’ नाटकमा कलाकारहरूले आफ्नो अभिनय र शारीरिक हाउभाउले कथालाई उत्कृष्ट बनाएका छन् ।
नाटकको सुरुवात एउटा क्याफेबाट हुन्छ । जहाँ मुख्य पात्र भूमि र सागर हुन्छन् । उनीहरु आपसमा कुराहरू गर्छन् । विगतको कुराहरू देखि लिएर एक अर्काको जीवनभित्र हराइरहेका प्रश्नको जवाफ खोज्दै काल्पनिक रुपमा हराइरहन्छन् ।
नाटकमा भूमि पर्यटक गाइड हुन्छिन् । उनलाई एकल आमाले हुर्काएकी हुनाले उनको नेपालिनागरीकको कुनै परिचय हुँदैन । उनी मानसिक रोगी पनि हुन्छिन् । कामको सिलसिलामा भूमि र एक क्यानेडेली पर्यटक सागरसँग भेट हुन्छ ।
सागर आफ्नो वैवाहिक जीवनमा खुसी हुँदैन उनी शान्तिको खोजीमा बुद्ध जन्मेको ठाउँ नेपाल घुम्न आउँछन् । घुम्ने क्रममा भूमिले सागरलाई बुद्धको दरबार देखाउँदै लैजाँदा उनीहरूबिच सिद्धार्थ गौतम बुद्धको बारेमा बहस चलेको बारे नाटकमा देखाइएको छ ।
घिमिरे युवराजको लेखन र निर्देशनमा बनेको यो नाटक पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओलीको अभिनय रहेको छ ।