एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ।
जितको लागि २ सय ३६ रनको चुनौती पछाएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो।

ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५ रनमा जोश बटलर ३३ रनमा आउट भए। ३ विकेट गुमाउँदा गुजरातले ९६ रन बनाएको थियो।
विशाल लक्ष्य पछाएको गुजरातलाई ठूलो साझेदारी जरुरी थियो। शेफने रूदरफोर्ड र साहरुख खानले चौथो विकेटको लागि ८६ रनको साझेदारी गरे।
रूदरफोर्ड ३८ रनमा र साहरुख २९ बलमा ५७ रन जोडेर आउट भए। त्यसपछि अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्।
बलिङमा विल ओले ३ विकेट लिए। यस्तै आभेस खान र आयुषले २/२ विकेट लिए।
त्यसअघि अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनायो।
लखनउले सुरुवात राम्रो गर्यो। एडन मारक्रम र मिचेल मार्षले पहिलो विकेटलागि ९१ रनको साझेदारी गरे।
मारक्रम २४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रनमा आउट भए। गुजरातले ९.५ ओभरमा पहिलो विकेट लियो। साइ किशोरले मारक्रमलाई आउट गरे।
यसपछि मिचेललाई निकोलस पुरनले साथ दिए। दोस्रो विकेटका २ सय २१ रनको सानदार साझेदारी गरे।
मिचेलले ५६ बलमा १० चौका र ६ छक्का सहित शतक पुरा गरे। उनी ६४ बलमा १ सय १७ रनको उत्कृष्ट पारी खेल्दै अर्शद खानको बलमा आउट भए। उनले १० चौका र ८ छक्का प्रहार गरे।
पुरनले २७ बल खेल्दै अविजित ५६ रन जोडे। कप्तान ऋशब पन्त अविजित १६ रनना क्रिजमा रहे।
बलिङमा फितलो बनेको गुजरातको लागि साइ किशोर र अर्शद खानले १÷१ विकेट लिए।