काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम्’ प्रदर्शनको ९० दिन पुगेको छ ।
यो फिल्म अहिले पनि काठमाडौंका केही हलहरुमा प्रदर्शनरत छ ।

निर्माण टिमले छिट्टै सय दिनपनि मनाउने जनाएको छ । फिल्म निर्माण टिमले हालसम्मको यात्राका लागि सबै दर्शक, सञ्चारकर्मी र कलाकारहरुलाई धन्यवाद पनि ज्ञापन गरेको छ ।
सीताराम कट्टेलले अभिनयमा पुनरागमन गरेको यो फिल्मले सुन तस्करीको जालोदेखि समसामयिक राजनीतिक प्रवृत्तिलाई ब्यंग्य गरेको छ ।
यो फिल्म २०८१ सालका धेरै कमाउने शीर्ष १० को सूचीमा अटाएको छ । गतवर्ष यो फिल्म धेरै कमाउने दशौं नेपाली फिल्म हो ।
फिल्ममा सीतारामसहित महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, रेणु योगी, अर्पण थापा लगायतको अभिनय छ ।





