काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
उनले गणतन्त्रलाई ‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन’ को रूपमा स्मरण गरेका छन् । ‘मुकुटको होइन – मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन,’ उनले भने, ‘जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन ।’

आज मुलुकभर १८औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइँदैछ । यस अवसरमा मूल समारोह समितिले काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहनेछ ।





