काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अछाम जिल्लाको इन्चार्जको जिम्मेवारी चन्द्र भण्डारीलाई दिइएको छ ।
क्रान्तिकारीका चर्चित विद्यार्थी नेता भण्डारीलाई क्रान्तिकारी अछामको जिम्मेवारी दिइएको हो ।

अछामको रामारोशन घर भएका भण्डारी लामो समयदेखि क्रान्तिकारीको विद्यार्थी राजनीतिमा छन् ।
भण्डारीलाई क्रान्तिकारी अछामको जिम्मेवारी दिएपछि अब संगठन थप चलायमान हुने अपेक्षा गरिएको छ ।