काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) को २४ औं राष्ट्रिय महाधिवेशन जेठ २५ गतेदेखि काठमाडौंमा जारी छ ।
महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सोहीअनुसार सचिव पदका लागि हिजो (जेठ २७) उमेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ ।

आजको निर्धारित कार्यतालिका अनुसार मतदान हुँदैछ, जहाँ ४० भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।
कडा प्रतिस्पर्धाबीच सचिव पदमा विद्यार्थी नेता धर्मराज तिमिल्सीना बलियो दाबेदारका रूपमा देखिएका छन् ।
लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका तिमिल्सीना संगठनको जरा तहदेखिको नेतृत्व अनुभव आर्जन गरेका छन् ।
महाधिवेशनमा नेतृत्व हस्तान्तरणबारे व्यापक छलफल चलिरहेको बेला तिमिल्सीनाको सांगठनिक क्षमता, लामो अनुभव र विद्यार्थीबीचको लोकप्रियताले उनलाई सचिव पदको दौडमा अग्रपंक्तिमा ल्याएको छ ।
मतदानको समय नजिकिँदै गर्दा संगठनभित्र धर्मराजको प्रति समर्थन अझ व्यापक बनिरहेको देखिन्छ ।