काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संविधान संशोधनबारे सरकारले छलफल अघि बढाइरहेको बताएका छन् ।
नेपाली काँग्रेसका नेता समेत रहेका मन्त्री खड्काले संविधान संशोधनका लागि आवश्यक छलफल गर्ने काम गरिरहेको बताएका हुन् ।

उनले संयुक्त सरकार भए अनुसारको भुमिका निर्वाह भइरहेको बताए । सात बुँदे सहमति कार्यान्वयनमा संविधान संशोधनको पाटोलाई लिएर विश्लेषण हुने गरेको भन्दै सरकारले अन्य राजनीतिक दलहरूसँग पनि आवश्यक छलफल गरिरहेको बताए । संविधान संशोधनका लागि दुई तुहाई आवश्यक पर्ने र समयानुकूल भएसँगै संविधान संशोधनको काम अघि बढ्ने बताए ।
उनले भने ‘संयुक्त सरकार हो । संयुक्त सरकार भए अनुसारको भुमिका निर्वाह भइरहेको छ । सात बुँदे कार्यान्वयनका लागि दुई तिहाई चाहिन्छ, केही संविधान संशोधनका विषयहरू हुन् । त्यसबारेमा अन्य पार्टीहरूसँग पनि छलफल भइरहेको छ । समय अनुकूल बनाएर त्यसको कार्यान्वयन हुन्छ । त्यसको लागि सरकारले गरिरहेकै छ । दुई तुहाई नभएका कारणले रोकिरहेको हो । दुई तुहाई पुगेको दिन कार्यान्वयन भइहाल्छ ।’
उनले दुई तुहाई नभएका कारणले रोकिरहेको र दुई तुहाई पुगेको दिन सात बुँदे सहमति कार्यान्वयन हुने बताए ।