बाजुरा । जिल्लाको गौमूल गाउँपालिकामा आज भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुसार आज बिहान घरबाट घाँस काट्न गएका बेला भिरबाट लडेर घटनास्थलमै बोहराको मृत्यु भएको हो । घर नजिकै रहेको बागेडोरा भन्ने जङ्गलमा घाँस काट्न गएका बोहरा लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा उनी मृत अवस्थामा फेला परेको बताउनुभयो ।

बोहरा घाँस काट्ने क्रममा चिप्लिएर भिरबाट लडेको हुनसक्ने स्थानीयको भनाइ छ । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घटमुनाबाट टोली घटनास्थलमा गइसकेको प्रहरी नायब उपरीक्षक हवारीको भनाइ रहेको छ । घटनास्थल पुग्न अझै तीन घण्टा लाग्ने प्रहरी नायब उपरीक्षक हवारीले बताउनुभयो ।