काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामती विधेयकमा कुलिङ पिरियड राखिएको बताएका छन् ।
राष्ट्रिय सभामा निजामती विधेयकबारे सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले अभ्यासका क्रममा देखिएका खोटहरू फाल्न यो व्यवस्था गरिएको बताए । उनले रटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदूत भएर जाने पद्धतिले गुड गभर्नेन्समा असर पर्ने बताए । प्रजातन्त्र र व्यवस्थाप्रति लोयल नभई आफ्नो स्वार्थका लागि राजीनामा दिएर नियुक्ति खाने परिपाटी अन्त्य गर्न यो व्यवस्था ल्याइएको जिकिर गरे ।
मन्त्री गुरुङले भने ‘कुलिङ अफ पिरियडको व्यवस्था किन गर्न खोजेको हो भने अभ्यासमा त हामीले देखिरहेका छौँ । हाम्रो अभ्यासमा देखिएका खोटहरूलाई हामीले फाल्न खोजेको हो । रिटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदूत भएर जाने वा कुनैपनि सरकारी निकायमा रहने कुरा स्वार्थका आधारमा उसले आजको दिनमा डेमोक्रेसीप्रति र हाम्रो व्यवस्थाप्रति लोयल नभईकन आफ्नो स्वार्थप्रति काम गर्ने परिस्थिति बन्दा गुड गभर्नेन्समा असर गर्छ भनेर त्यस्तो चिजबाट मुक्त ब्युरोकेसी खोजेको हो ।’
मन्त्री गुरुङले रिटायर भएको भोलिपल्टै अर्को निकायमा जाने कुराले गुड गभर्नेन्समा असर पर्ने बताए ।