काठमाडौं । युएईको जेलमा रहेका एक सय २० जना नेपालीले आममाफी पाएका छन् ।
विभिन्न घटनामा परेर युएईको जेलमा रहेका एक सय २० जना नेपालीलाई आममाफी दिइएको हो ।

ईस्लाम धर्मालम्बीहरुको महान् पर्व इद अल–अदाहका अवसरमा नेपालीहरूलाई आममाफी दिइएको हो ।
युएईको आवुधावीस्थित नेपाली राजदूतावासले बुधवार एक विज्ञप्ति जारी गरेर बाँकी सजाय माफ गरेको जानकारी दिएको हो ।
युएई सरकारले एक सय २० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको जनाएको छ ।