भक्तपुर । भक्तपुरको नाग पोखरीमा नागको पूजा र दूधले अभिषेक गरिएको छ । भक्तपुर नगरपालिकास्थित पोखरीकोबीच भागमा नागको मूर्ति रहेको छ । यहाँ प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन अर्थात् नाग पञ्चमीका दिन मेला लाग्दै आएको छ ।
यसपटक पनि सोही नागमा पूजा गरी दूधले अभिषेक गरिएको हो । भक्तपुरवासीले यहाँको नागको पूजा गरी मेला भर्दै पञ्चमी मनाएका छन् ।
यसैगरी भक्तपुरको वासुकी नागमा पनि मेला लागेको छ । स्थानीयले दूध, दही, अक्षता, फूल, दुबोले पूजा गरी मेला भरेका छन् ।