
एजेन्सी । एकातिर युक्रेनका विभिन्न क्षेत्रहरूमा भीषण हवाई आक्रमण गर्दै कम्तीमा २५ जनाको ज्यान लिएको केही घण्टामै, रुसले शान्ति प्रक्रिया प्रतिको प्रतिबद्धता जनाएको छ । मृतकमध्ये २३ वर्षीया गर्भवती महिला र १६ जना कैदीसमेत परेका छन् ।
यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि सुरु भएका थिए । यदि सो समयसीमाभित्र रुसले आक्रमण रोक्न अस्वीकार गरेमा, कडा आर्थिक प्रतिबन्ध लागु गरिने चेतावनी दिइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दक्षिणी जापोरिझिया क्षेत्रको एक कैदीगृहमा जानाजान आक्रमण गरिएको आरोप लगाए । सो आक्रमणमा १६ कैदीको ज्यान गएको र ४० भन्दा बढी घाइते भएको बताइएको छ ।
“यो योजनाबद्ध हमला हो, दुर्घटनावश होइन । रुसले त्यहाँ सर्वसाधारण कैदी रहेको कुरा थाहा नपाउने कुरा सम्भव छैन,” राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखे ।
रुसी प्रवक्ता दिमित्री पेस्कोभले यस्ता आरोप अस्वीकार गर्दै भने “रुसी सेनाले कहिल्यै सर्वसाधारणलाई लक्षित गर्दैन ।”
अस्पतालमाथि आक्रमण, गर्भवती महिलासहित तीनको मृत्यु
युक्रेनी वायुसेनाले जनाएको अनुसार, रुसले ३७ ड्रोन र दुई मिसाइल प्रक्षेपण गरेको थियो, जसमध्ये ३२ ड्रोनहरू मारिएका छन् ।
यद्यपि, डनिप्रो क्षेत्रमा रहेको क्याम्यान्स्के सहरको एक अस्पतालमाथिको आक्रमणमा २३ वर्षीया गर्भवती महिला डायना सहित तीन जनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले जानकारी दिनुभयो । खार्किभ क्षेत्रमा गरिएका छुट्टाछुट्टै हमलामा ६ जनाको मृत्यु भएको छ ।
युक्रेनी मानवअधिकार आयुक्त द्मित्रो लुबिनेत्सले जेलमाथिको आक्रमणलाई ‘युद्ध अपराध’को संज्ञा दिए । “कैदीले पनि जीवन र सुरक्षाको अधिकार गुमाउँदैनन्,” उनले सामाजिक सञ्जालमा लेखे ।
रुस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गरिरहँदा, रुसी सेनाले नयाँ गाउँहरू कब्जामा लिएको दाबी गरेको छ । युक्रेनले यथासम्भव आक्रमण रोक्ने प्रयास गरिरहेको छ, यद्यपि रूसी फौज केही नयाँ क्षेत्रमा समेत अघि बढेको देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
Leave a Reply Cancel Reply
rtccnsowzv
Wednesday, October 15th, 2025खुला भ्वाइस- खाेज्छ, देख्छ र लेख्छरूसी आक्रमणमा युक्रेनमा २५ जनाको मृत्यु - खुला भ्वाइस- खाेज्छ, देख्छ र लेख्छ [url=http://www.g567i0ke3j7u88ex3b0cekr6y6s1799ds.org/]urtccnsowzv[/url] artccnsowzv rtccnsowzv http://www.g567i0ke3j7u88ex3b0cekr6y6s1799ds.org/
📆 🔜 Instant Transaction: 0.35 BTC sent. Confirm now > https://graph.org/Get-your-BTC-09-04?hs=a178ba1fdfad555a8059cfaec012bdf9& 📆
Sunday, October 12th, 2025cvmf3o
🔋 💎 Crypto Bonus - 0.5 BTC credited. Get today >> https://graph.org/Get-your-BTC-09-04?hs=a178ba1fdfad555a8059cfaec012bdf9& 🔋
Monday, September 15th, 2025cztcf6
🔐 🔐 Security Required - 1.4 BTC transaction blocked. Resume here >> https://graph.org/Get-your-BTC-09-04?hs=a178ba1fdfad555a8059cfaec012bdf9& 🔐
Wednesday, September 10th, 2025m41l9i
🖲 ✉️ Incoming Transfer: 1.0 BTC from external sender. Accept? > https://graph.org/REDEEM-BTC-07-23?hs=a178ba1fdfad555a8059cfaec012bdf9& 🖲
Monday, September 1st, 2025nv3npz
📟 Network - Transfer 1.8 BTC failed. Verify now => https://graph.org/OBTAIN-CRYPTO-07-23?hs=a178ba1fdfad555a8059cfaec012bdf9& 📟
Tuesday, August 19th, 202541bp7t




