काठमाडौँ । जेनजी संविधान जारी गर्न माग गर्दै जेनजी युवा पुस्ताको एउटा समूह अनसनमा बसेको छ ।
जेनजी विद्रोहको भावनाअनुरुपको जेनजी संविधान यही फागुन १५ गते सार्वजनिक गर्नुपर्ने मागसहित उक्त समूह काठमाडौँको माइतीघर मण्डलामा अनसनमा बसेको हो ।

अनसनरत जेनजी युवा जनार्दन अधिकारीले जेनजी शहीदहरूमाथि राज्यसत्तामा बस्नेहरूले भद्दा मजाक गरिरहेको भन्दै त्यस्तो नगर्न चेतावनी दिए ।
उनले जेनजी आन्दोलनको मुख्य माग व्यवस्था र अवस्था दुवै बदल्नु रहेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराए । उनले २०८४ सालमा हुने निर्वाचन २०८२ सालमै गराउनको लागि जेनजीहरूले बलिदानी नदिएको स्पष्ट पार्दै यसतर्फ सरोकारवालाहरूको ध्यान पुग्न जरुरी रहेको बताए ।
वर्तमान संविधान पूर्णरुपमा खारेज गरी जेनजी संविधान जारी गर्नुपर्ने उनीहरूको माग छ ।





