काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावले मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको हाराहारीमा र पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेकाले मनसुनी गतिविधि सक्रिय भएको हो ।
हाल मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ । भारी वर्षाले गर्दा नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले चनाखो रहन आग्रह गरिएको छ ।