अछाम । नेकपा एमालेका युवा नेता डिबी साउँदले अछाममा एमालेलाई बलियो बनाउनु पर्ने बताएका छन् ।
नेता साउँदले अछामको विकास र निकासका लागि १० वटै पालिकामा एमालेको नेतृत्व आवश्यक रहेको बताए ।

एमाले रामारोशन गाउँ कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै नेता साउँदले ०८४ को चुनावमा रामारोशनमा एमालेको नेतृत्व अनिवार्य रहेको बताए ।
उनले रामारोशन विकास र समृद्धिमा पछाडी हुनुमा कांग्रेस–माओवादी जिम्मेवार रहेको बताउँदै रामारोशनमा एमालेको नेतृत्व अपरिहार्य रहेको बताए ।
उनले पालिकाको विकास एमालेबाट मात्रै सम्भव रहेको बताए । उनले ०८४ मा एमालेको जित आवश्यक रहेको बताउँदै त्यसको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।
‘रामारोशनको विकास र समृद्धिका लागि ०८४ मा एमालेको जित आवश्यक छ,’ नेता साउँदले भने, ‘तपाईँहरू अहिलेबाटै त्यसको तयारीमा जुट्नुस् ।’