काठमाडौं । नेपाली कांग्रेसका नेता देवराज चालिसे पार्टीका प्रवक्तामा मनोनीत भएका छन् ।
बिहीबार कुपन्डोलस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

चालिसे विशेष महाधिवेशनको अभियानकर्ता समेत रहेका थिए । संगठनभित्र सक्रिय भूमिकामा रहेका उनी १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदमा पराजित भएका थिए ।
पार्टीले नयाँ नेतृत्व चयनपछि केन्द्रीय जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको छ ।





