काठमाडौं । तनहुँको भानु नगरपालिकाले हाटबजार सञ्चालन गरेको छ ।
स्थानीय उत्पादनको प्रवद्र्धन, किसानको आय वृद्धिको लक्ष्यसहित नगरपालिकाले हाटबजार सञ्चालन गरेको हो ।

नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा नारेश्वर हाटबजार समितिको व्यवस्थापनमा हाटबजार सञ्चालन गरिएको हो ।
हाटबजारले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने दिशामा सकारात्मक प्रभाव पर्ने नगरपालिकाले विश्वास लिएको छ ।





