काठमाडौं । नेपाली युवा क्रिकेट टोलीले एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानलाई पराजित गरेको छ ।
नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ६० रन मात्रै बनाउन सक्यो । भुटानको अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भयो । मलेसिया भएको खेलमा नेपालले भुटानमाथी २ सय ९८ रनको फराकिलो जित हात पारेको हो ।

भुटानका लागि सुजन दावा सर्वाधिक १४ रनमा आउट भए । ओपनर उयोग छोफेल १० रनमा आउट भए । भुटानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । सचिन भट्ट तथा सुयोग भट्टराईले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५८ रन बनाएको थियो ।
नेपाल समूह चरणको चारै खेलमा विजेता बन्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । यो समूहबाट दोस्रो स्थानमा रहदै सिंगापुरले सेमिफाइनलमा स्थान बनाएको छ ।