काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोट क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
प्रधानमन्त्री ओली मंगलबार बिहान रसुवा पुगेर बाढीले पु¥याएको क्षति, उद्धार र राहत कार्यबारे जानकारी लिएका हुन् । उनले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल गरेका थिए ।

बाढीबाट हराएका नागरिकको अवस्था, रसुवागढी भन्सारको सुक्खा बन्दरगाह र बगाइएका मालबाहक कन्टेनरबारे प्रधानमन्त्री ओलीले चासो व्यक्त गरेका छन् । उनले सरकारले प्रभावित क्षेत्रको पुनःस्थापना र राहत कार्यमा गम्भीरता देखाउने बताएका छन् ।
प्रधानमन्त्रीसँग उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारवटै सुरक्षा निकायका प्रमुख पनि सहभागी थिए ।