काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले नेपाल प्रिमियर लिग (एनपिएल)लाई प्राथमिकताका साथ निरन्तरता दिन माग गरेको छ ।
कांग्रेस खेलकुद विभाग प्रमुख उमेशजङ्ग रायमाझीले आज प्रेस विज्ञप्ति जारी गर्दैै नेपाली क्रिकेटको विकासमा एनपिएल प्रतियोगिता महत्वपूर्ण कोशेढुङ्गा भएकाले यसलाई राज्यले विशेष प्राथमिकताका साथ निरन्तरता दिनुपर्ने बताए ।

कांग्रेसले एनपिएलको दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित रुपमा आयोजना गर्नुपर्नेमा जोड दिएको छ ।
कांग्रेसले सन् २०२६ मा जापानमा आयोजना हुने २०औँ एशियाली खेलकुदमा नेपाली खेलाडीहरुको प्रभावकारी भूमिका सुनिश्चित गर्न आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एनपिएलभित्र देखिएको विकृति, विसङ्गती र अनियमिततालाई हटाइ स्वच्छ, पारदर्शी र अनुशासित व्यवस्थापन प्रणाली निर्माण गर्न कांग्रेसले माग गरेको छ ।