आजको पञ्चाङ्ग
वि.सं. साउन ०१, २०८२ । इ.सन् 17 Jul, 2025 । शक संवत् १९४७ । नेपाल संवत् ११४५ (दिल्लागा) । सिद्धार्थी संवत्सर दक्षिणायन वर्षा ऋतु । बिहीबार श्रावण कृष्णपक्ष । तिथि सप्तमी, १८ः०३ बजेपछि अष्टमी । नक्षत्र रेवती, ०३ः२२ बजेपछि अश्विनी । योग अतिगण्ड, १०ः११ बजेपछि सुकर्मा । करण भद्रा, ०७ः११ बजेपछि वव, १८ः०३ देखि वालव, ०४ः५४ बजेउप्रान्त कौलव । चन्द्रराशि मीन । योग (आनन्दादि) मित्र । दिनमान १३ः३९ । सूर्योदय ५ः२० । सूर्यास्त १८ः५९ । दिन विशेष : भद्रा ७ः११ बजेसम्म। धनिष्ठा पञ्चक २७ः२२ बजे समप्ति । श्रावण संक्रान्ति । अष्टमी व्रत । शास्त्रोक्त दक्षिणायन प्रारम्भ । कण्डारक पूजा । लुतो फाल्ने । थारु समुदायको गुरिया पर्व। बैतडी, गुजरस्थित विश्वनाथ मन्दिरमा साउने मेला प्रारम्भ ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयत्न गर्दा सजिलै लक्ष्यतर्फ पुगिनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। प्रतिक्षा गरिएको काम बन्नेछ। देखाउनेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तान पक्षबाट सन्तुष्टि मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। लागतको मूल्यांकन नगरी कार्य प्रारम्भ नगर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सचेका कार्यहरू सिद्ध हुनेछन्। मानसम्मानमा वृद्धि हुनेछ। उच्च अधिकारीहरूसँग सम्पर्क बढ्नेछ। कार्यक्षेत्रमा कार्यको तारिफ हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लामो दूरीको यात्रामा सफलता मिल्नेछ। धार्मिक स्थलको भ्रमण र दर्शनका योग बनिरहेका छन्। मनमा परोपकारको भावना जागृत हुनेछ। दान दक्षिणा आदि गर्नको लागि उत्तम समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अक १ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन शान्त रहनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा मन नपर्दो व्यक्तिहरूसँग पनि कार्य गर्नुपर्ला। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा दुविधाको स्थितिमा कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिस्थितिवस चिताएका कार्यमा सफलता नमिल्ला। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। नोकरी वा पेशामा अरुको विश्वासमा कार्य नछोड्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अक १ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन प्रसन्न रहनेछ। पढाइ तथा प्रेम सम्बन्धमा सफलता मिल्नेछ। रचनात्मक वा कलाको क्षेत्रमा मन लाग्नेछ। नयाँ कार्यको जग बसाउन सकिनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सानोतिनो समस्यामा अल्झिनु पर्ला। अरुको विश्वास जित्न केही समय लाग्नेछ। स्वास्थ्यमा विगतका समस्याहरू बल्झिन सक्लान् ध्यान दिनुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अक ५ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्राविधिक कार्यमा सफलता मिल्नेछ। महत्त्वपूर्ण कार्यको चर्चा परिचर्चा हुनेछ। प्रतिस्पर्धीहरूबाट फाइदा उठाउन सकिनेछ। कसैलाई पनि सापटी रकम दिनदेखि बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धैर्य र लगनशीलताले नयाँ अवसर दिलाउनेछ। परिवारको खुसीको निम्ति केही त्याग गर्नुपर्ला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सोचेका सबै कार्य सिद्ध हुनेछन्। नोकरी वा पेशामा मनग्य लाभ रहनेछ। व्यक्तिगत काममा सफल भइनेछ। विद्यार्थीहरूको साथीभाइसँग राम्रो समय बित्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट