काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले बोल्न खोज्दा अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले धारणा राखिसकेपछि थापाले ‘केही कुरा राख्छु’ भनेका थिए ।

तर, ओलीले उनलाई रोके । बैठक स्रोतका अनुसार, ‘पहिला म बैठकका निर्णय सुनाउँछु’ भन्दै ओलीले रोकेका थिए ।
त्यसपछि अहिले ओलीले सम्बोधन गरिरहेका छन् ।
हिजोबाट जारी केन्द्रीय समिति बैठकमा ओलीले बोलिसकेपछि बैठक समापन गरिँदैछ ।