काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई र ओमानबीचको त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदैछ ।
नेपालले आफ्नो पहिलो खेलमा आजै यूएईसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र यूएईबीचको खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

लिग–२ मा हालसम्म कमजोर प्रदर्शन गरिरहेको नेपाललाई आगामी खेलहरूमा जित निकाल्नुपर्ने दबाब छ । २० खेल खेलिसकेको नेपाल १२ अंकसहित अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
यूएई पनि नेपालभन्दा एक स्थान तल रहेको छ । यूएईले १० अंक जोडेको छ । यसै सिरिजको अर्को टोली ओमान भने २४ खेलबाट २९ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यूएई र ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आत्मविश्वास बढाउने र त्यसलाई निरन्तरता दिँदै घरेलु मैदानमा हुने दोस्रो सिरिजमा बलियो उपस्थितिका साथ उत्रिने लक्ष्य नेपाली टोलीको छ ।





